DOIT & NITC

Sikitaran Magar
0

 

सूचना तथा प्रविधि विभाग

DoIT (Department of Information Technology)

®   सूचना प्रविधिको अनुसन्धान, विकास, उपयोग तथा नियमन लगायतका कार्यहरु प्रभावकारी ढंगले सम्पादन गर्न र सूचना प्रविधिको क्षेत्रमा नियामक, उत्प्रेरकको भूमिका निर्वाह गर्ने नेपाल सरकारद्वारा वि.स. २०६९ जेठ ११ गते यो विभागको स्थापना भएको हो।

®   कार्यालय :- गैहिगाउँ ‍- ९, तिनकुने, काठमाडौं

परिदृश्य (Mission)

®   नेपालमा सूचना प्रविधिको समुचित प्रयोग गरी सुशासन(Good Governance), गरिबी न्यूनीकरण(Poverty alleviation) लगायत सामाजिक तथा आर्थिक सुपान्तरण(Socio-economic transformation) र दिगो विकास(Sustainable development) का लक्ष्यहरु हासिल गर्ने

दूरदृष्टि (Vision)

®   नेपाललाई सूचना प्रविधिको विश्‍व मानचित्रमा स्थापित गर्दै ज्ञानमा आधारित समाज(knowledge based society)मा रुपान्तरण गर्ने

लक्ष्य (Target)

®   नेपालमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै यसलाई सुरक्षित एवं दिगो बनाउने तथा यसलाई देशको सर्वाङ्गिण विकासको लक्ष्यहरु हासिल गर्ने साधनका रुपमा विकास गर्ने

सूचना प्रविधि विभागका प्रमुख सेवाहरु

®   एकिकूत कार्यालय व्यवस्थापन प्राणाली (GIOMS)

o   सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सम्पादन गर्न डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत GIOMS सञ्चालन

®   सरकारी क्लाउड

o   सरकारी निकायले आफ्‍नो वेबसाइट/वेब एप्लिकेशन सञ्चालन गर्ने अर्थ मनत्रालय र तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयको सहमतिमा आ.व. २०७१/७२ बाट सरकारी क्लाउड सुरुवात

®   केन्द्रिकृत ई हाजिरी

o   सरकारी निकायका कर्मचारीहरुको हाजिरि, बिदा लगायतका व्यवस्थापनका लागि केन्द्रिकृत विद्युतीय हाजिरी प्रणाली मिति २०७१ चैत्र २ गते सचिवस्तरीय बैठकमा मूख्य सचिवबाट निर्देशन भए अनुरुप प्रयोग

o   हालसम्म १२९२ वटा सरकारी निकायमा जम्मा २२३२३ कम्रचारीहरु आबद्ध

®   GEA (Government Enterprise  Architecture)

o   विद्युतीय माध्यमबाट सरकारी कार्य सञ्चालन तथा प्रवर्द्धन गर्ने मन्त्रिपरिषदबाट मिति २०७१ फागुन १० मा स्वीकृत सूचना प्रविधि प्रणाली(व्यवस्थापन तथा सञ्चालन) निर्देशिका २०७१ मा यसको व्यवस्था

®   सुरक्षित अडिट

o   अनुरोधका आधारमा सरकारी निकायको सूचना तथा सञ्चार प्रणालीको सुरक्षा अडिट

®   केन्द्रिकृत SMS गेटवे

o   सरकारी निकायहरुले न्यूनतम शुल्कमा नागरिक तथा कर्मचारीसँग प्रभावकारी सञ्चारका लागि वि. सं. २०७८ माघ ७ मा माननीय सञ्चार तथा सूचना प्रविधी मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूबाट सुभारम्भ

o   विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्परीहरु VPN connectivity Server management जस्ता कार्य गर्ने

®   वेबसाइट / एप्लिकेशन अनुगमन प्रणाली

o   नेपाल सरकारद्वारा सञ्चालनमा रहेका विभिन्न वेबसाइट तथा वेब एप्लिकेशनका निरन्तर सञ्चालनको क्रममा हुने डाउनटाइम तथा प्रणालीको उपलब्धता अनुगमन गर्ने

o   Defacement and breach को अनुगमन गर्न र सम्बन्धित निकायलाई जानकारी गराउन र सोको प्रतिवेदन तयार गर्ने

®   एकिकृत वेबसाइट व्यवस्थापन प्रणाली

o   सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ बमोजिम सबै सरकारी निकायहरुको वेबसाइटहरु बिचमा एकरुपता कायम गर्ने

o   सरकारी निकायहरुले एउटै टेम्प्लेटमा आधारित वेबसाइट सिर्जना गर्ने

o   वि. सं. २०७९/११/१६ माक माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माज्यूबाट एकिकृत वेबसाइट व्यवस्थापन प्रणाली शुभारम्भ भएको

®   प्रगति अनुगमन प्रणाली

o   सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका सम्पुर्ण निकायहरुको नीति तथा कार्यक्रम, बजेट वक्तब्य आदि जस्ता कार्य अनुगमन गर्न आ. व. २०७५/७६ बाट सञ्चालनमा रहेको

®   स्थानीय तहको मोबाइल एप

o   स्थानीय तहका नागरिकलाई प्रदान गरिने सेवा लगायत सूचना एवं जानकारी प्रदान गर्न वि. सं. २०७५/०४/१८ मा सम्माननीय प्रधानमन्त्रीज्यूबाट शुभारम्भ

®   IT प्रशिक्षण

o   नवीनतम सूचना प्रविधि र यसको सुरक्षा प्रणाली बारे जानकारी, जनचेतना मुलक कार्यक्रम तथा क्षमता अभिवृद्धि मूलक तालिम सञ्चालन गर्ने

o   निजामती कर्मचारीहरुको लागि सेवाकालिन तालिम सञ्चालन गर्ने

®   IT profiling

o   नेपाल सरकार अन्तर्गतका विभिन्‍न निकायहरुको सफ्टवेयरहरुको विवरण राख्‍ने र सम्पुर्ण कागजातहरुको एकै ठाउँमा भण्डारण गर्ने उद्देश्यले यसको निर्माण भएको

®   ई भिलेज

o   सूचना प्रविधिको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याई सार्वजनिक ई-सेवा, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास विस्तार तथा प्रवर्द्धन गर्ने

o   शहर र ग्रामीण क्षेत्र बिच रहेको विकासको खाडल (Digital Divide) लाई कम गर्ने

®   डिजिटल कन्टेन्ट

o   दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षण श्रव्य दृष्य सामग्री (Teaching Video Materials) तयार गरि सूचना प्रविधिको माध्यमबाट विभिन्‍न ई-भिलेज केन्द्रहरु, विद्यालयहरुमा वितरण गर्ने

®   ई स्कुल

o   ई भिलेज एवं ई स्कुल कार्यक्रमलाइ web based e-school and e-village Management Information System सफ्टवयरको प्रयोग गरि व्यवस्थित एवं प्रभावकारी बनाउन cloud मा host भई सञ्चालन गर्ने



राष्ट्रिय सूचना प्रविधि केन्द्र

NITC (National Information Technology Center)

®   कार्यालय :- सिंहदरबार, काठमाडौं

®   सरकारी एकीकृत डाटा केन्द्र (GIDC : Government Data Integrated Center)को रुपमा रहेको

®   हाल एकीकृत डाटा व्यवस्थापन केन्द्र (IDMC : Integrated Data Management Center) का रुपमा सेवा दिने

®   नेपाल सरकार मन्त्रीपरिषदको २०८०/१०/०९ गतेको निर्णय बमोजिम सूचना प्रविधि विभाग मातहत रहने गरी एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) को गठन

मुख्य सेवाहरु

®   डोमेन दर्ता

o   सरकारी निकायको अनुरोध पत्रका आधारमा .gov.np अन्तर्गत निःशुल्क डोमेन दर्ता

®   इन्टरनेट सेवा

o   कार्यालयको अनुरोधमा सिंहदरबार भित्र इन्टरनेट सेवा प्रदान

®   वेब होस्टिङ सेवा

o   सरकारी कार्यालय र संस्थाहरुको वेबसाइट होस्ट

o   GB सम्म वेब स्पेस

o   निःशुल्क होस्टिङ सेवा प्रदान

®   सर्भर कोलोकेसन सेवा

o   सरकारी कार्यालयका संवेदनशील डाटाको सुरक्षाका लागि सर्भरहरु सुरक्षित र व्यवस्थित डाटा केन्द्रमा राख्‍न अनुमति दिने

®   सिंहदरबार अप्टिकल फाइबर नेटवर्क मर्मत सम्भार

o   सरकारी कार्यालयहरुका लागि उच्च गतिको फाइबर नेटवर्कको मर्मत सम्भार र व्यवस्थापन सहितको इन्टरनेट सेवा

®   परामर्श सेवा

o   व्यक्ति र संस्थाहरुलाई IT पूर्वाधार योजना, व्यवस्थापन, खरिद र प्रशिक्षणमा परामर्श सेवा

®   इमेल सेवा

o   सरकारी एजेन्सी र कर्मचारीहरुलाई केन्द्रीकृत इमेल सेवा प्रदान

®   VM / VPS सेवा

o   शक्तिशाली Virtual Machine Virtual Private Server को प्रयोगबाट वेबसाइट, वेब एप्लिकेशन र डाटावेसहरुको सुरक्षा

®   व्याकअप र प्रतिकृती सेवा (Replication)

o   Disaster Recover Office हेटौडा सहित उन्‍नत समाधानहरुले हार्डवयेर खराबी, साइबर आक्रमण र प्राकृतिक विपत्ति जस्ता खतराबाट डाटालाई सुरक्षा प्रदान

o   सुरक्षित स्थानहरुमा Real time data replication

Post a Comment

0Comments

Post a Comment (0)